Who is root and what is root directory?

लिनक्स प्रयोग गर्ने बित्तिकै तपाईँले रुट प्रयोगकर्ता,रुट डाईरेक्टरी जस्ता विन्डोजमा नभेटिने शब्दावलीहरु परिचीत हुनु पर्ने हुन्छ। के हो त रुट प्रयोगकर्ता भनेकोः यदि तपाईँलाई जान्न

ईच्छ्या छ भने तलको लेख पढ्नुहोस।

लिनक्समा प्रत्येक प्रयोगकर्ताको आफ्नो बेग्लै डाईरेक्टरी हुन्छ। यस भित्र प्रयोगकर्ताले आफ्नो सम्पुर्ण कागजात,चिठ्ठी पत्र तथा रुचीहरु संग्रहित गरेको हुन्छ। लिनक्सले पनि प्रयोगकर्ता द्वारा

व्यक्त गरिएका र रुचाइएका सेटिङ्गहरु यही डाईरेक्टरीमा राख्ने गर्छ।

रुट प्रयोगकर्ता भनेको लिनक्सको सुपर प्रयोगकर्ता हो। लिनक्स प्रयोग गर्दा रुटको रुपमा लग ईन गर्न त्यती प्रेरणा दिईँदैन। किन भने रुट बाट लग ईन गरेर समस्या आएमा पछि त्यस्को उपचार सजिलो हुँदैन।

लिनक्समा गित सुन्न देखी लिएर ईन्टरनेट ब्राउज गर्न बाट पनि प्रयोगकर्तालाई बन्देज गर्न सकिन्छ। प्रयोगकर्तालाई के कत्तीको अधिकार दिने हो त्यो कुरा रुट प्रयोगकर्ताले नै तय गर्न सक्छ। यसरी प्रयोगकर्ता थप्ने,मेट्ने तथा उस्को अधीकारमा समायोजन गर्ने सम्पुर्ण अधीकार मात्र रुट प्रयोगकर्तामा सिमित हुन्छ।

0 comments:

Copyright © 2008 - nepabuntu - is proudly powered by Blogger
Smashing Magazine - Design Disease - Blog and Web - Dilectio Blogger Template