My Experience with linux installation?

लिनक्स इनस्टलेसनको मेरो अनुभव (My experience with linux installation):

मैले पहिलो चोटि कोरल लिनक्स (corel linux) कम्प्युटरमा इन्स्टल गरेको थिएँ। त्यो अनुभव खासै राम्रो भएन। सो लिनक्स वितरणले मेरो कम्प्युटरको ग्राफीक्स पनि लिएन र त्यो साह्रै पुरानो भर्सन भएकै कारण पनि उपलब्धीमुलक केहि भएन। निराश भएर मैले विन्डोज नै चलाउनु पर्यो।

मेरो सबै भन्दा सफल लिनक्स जडान थियो पहिलो नेपालिनक्सको (nepalinux) वितरण। मेरो बिचारमा त्यो सफल वितरण नै थियो। इन्सटल गर्ने वित्तिकै त्यस््ले प्राय जसो सबै उपकरणहरु लिन्थ्यो। त्यती खेर मलाई बुटबाट डिस्प्ले सेटअप गर्न नआउने भएरै होला मैले साथीको मनिटर मेरो कम्प्युटरमा जडान गरेर नेपालीनक्स इनस्टल गर्नुपर्थ्यो। र इनस्टल पश्चात नेपालीनक्सले मेरो मनिटर लिने गर्थ्यो। त्सपछि त मैले थुप्रै लिनक्स वितरणहरु चलाउन थालेँ।

लिनक्स इन्सटल दुई प्रकारका सिडी/डिभीडी बाट हुन्छ। जस्मध्ये लिनक्स जडान नगरिकनै सिडी/डिभीडी बाट लिनक्स चलाउन मिल्नेलाई लाईभ सिडी/डिभीडी (live cd or dvd) भनिन्छ। पहिलो लाइभ सिडी इगद्रासिल (Yggdrasil) भए पनि पहिलो सफल डिवियमा आधारित लाईभ लिनक्स (debian based live linux) नोपिक्स (knoppix) नै थियो। नेपालीनक्स र युबुन्तु (ubuntu) पनि लाईभ सिडी वा डिभीडीको रुपमा उपलब्ध हुन्छ। लिनक्स जडान गर्ने अर्को तरीका भने बुटबाट (booting or bootstrapping) नै हो।
लाईभ सि डीबाट इन्सटल गर्दा प्रथमतः लिनक्सलाई पुर्णतया कम्प्युटरमा लोड हुन दिइन्छ। त्यसपछि मुख्य मेनु पट्टिमा रहेको सिस्टम भित्रको एडमिनीसट्रेसनमा गएर हार्ड डिस्कमा इन्सटल गर्नुस नामक आदेशलाई कार्यान्वयन गरिन्छ। अनि त बाँकी काम लिनक्स ले नै गरि हाल्छ। बुटबाट इनस्टल गर्दा चैँ आफ्नो सिस्टमको सम्पुर्ण उपकरणहरु लिनक्सले लिन्छ कि लिँदैन भन्ने प्रश्न पुर्णतया लिनक्स इनस्टल नहुन्जेल सम्म रहिरहन्छ।

लिनक्समा मुख्यत दुई प्रकारको डेस्कटप हुन्छ। एउटा जिनोम (gnome) र अर्को केडीइ (kde or k desktop environment)। तपाईँ यी दुई मध्ये कुनै पनि इन्भाइरोन्मेन्ट रोज्न सक्नु हुन्छ। कुन डेस्कटप इन्भाइरोन्मेन्ट छान्ने हो पहिले नै तय गर्नु राम्रो हुन्छ।

यदि तपाईँले विन्डोज इन्सटल गर्नु भएको छ भने फ्याट (fat or file allocation table), फ्याट३२ (fat32) र यन टि एफ एस (NTFS or New Technology File System) फाइल सिस्टमको बारेमा त केहि बुझ्नु भएकै होला। फ्याट र फ्याट ३२ दुवै फाईल सिस्टम डस बेस फाईल सिस्टमहरु हुन। एन टि एफ एस चाहीँ विन्डोजले एन टि (windows NT) भर्सन बाट सुरु गरेको कम्प्रेसन सक्रिय पारिएको (compression enabled) सुरझीत फाइलसिस्टम (secure filesystem) हो। विन्डोजको फाईल सिस्टमहरु जस्तै लिनक्समा एक्सटेनसन ३ (ext3), एक्सटेनसन २ (ext 2), स्वायप (SWAP), राइड (RAID or Redundant Array of Inexpensive Drives) इत्यादि थुप्रै फाईल सिस्टमहरु हुन्छ। एक्सटेन्सन २ र ३ चाहीँ लिनक्सको नेटिभ फाईल सिस्टमको (linux native file system) रुपमा चिनिन्छन र यिनीहरु अती नै सुरझीत फाइलसिस्टमहरु हुन।राइड अत्याधुनीक फाईल सिस्टम हो। यस्ले तपाईँको ड्राइभहरुमा उपलब्ध स्पेशलाई आवश्यक्ता अनुरुप बढाउने वा घटाउने गर्दछ। जबकी स्वायप फाईल सिस्टम लिनक्सको र‌्याम (RAM or Random Access Memory) जस्तै हो। तपाईँको र‌्याम संग संगै स्वायपमा उपलब्ध स्थानलाई पनी लिनक्सको सकृय वा निस्कृय प्रोग्रामहरुले प्रयोग गर्ने गर्छन। लिनक्स छिटो हुनुको एउटा कारण यो पनि हो। स्वायप भएकै कारण लिनक्स थोरै र‌्याममा पनि राम्रो संग चल्ने गर्छ।

म तपाईँलाई मेरो कम्प्युटरमा ड्राईभहरु कसरी विभाजन भएको छ त्यो बताउँछु।
मैले युबुन्तुको गत्सी गिबोन (ubuntu gutsy gibbon) नामक वितरण मेरो एसर ४३१५ (Acer 4315) ल्यापटपमा जडान गरेको छु। मैले जम्मा तिन वटा मात्र बिभाजन गरेको छु।

१. लिनक्स क्र्यास भएमा मेरो महत्वपुर्ण कागजातहरु नष्ट नहोस भनेर एउटा विभाजन चाहीँ फ्याट ३२ नै राखेको छु। यो फाइल सिस्टमलाई मैले "/windows" मा माउन्ट (mount) गरेको छु।
२. अर्को विभाजन मैले एक्सटेन्सन ३ बनाएको छु जुन मेरो रुट (root) बिभाजन पनी हो।
३. त्यसपछि मैले एउटा ३ जिबीको (3 GB) स्वायप विभाजन बनाएको छु।

यसरी आफ्नो आवश्यक्ता अनुरुप ड्राईभहरु विभाजन र तिनीहरुलाई उपयुक्त फाईलसिस्टममा रुपान्तरण गरिसकेपछि तपाईँले चाहेको एप्लिकेसनहरु लिनक्समा जडान गर्न सक्नुहुन्छ। तपाईँको नाम र पासवर्ड दिएपछि जडान प्रकिया समाप्त हुन्छ। विना कुनै समस्या लिनक्स तपाईँको कम्प्युटरमा आरामले चल्नुपर्ने हो। यदि चलेन भने लाईभ सि डी प्रयोग गरेर हेर्नुहोला।

0 comments:

Copyright © 2008 - nepabuntu - is proudly powered by Blogger
Smashing Magazine - Design Disease - Blog and Web - Dilectio Blogger Template