यदि तपाईँले भरखरै लिनक्स जडान गर्नुभएको छ भने याद राख्नुहोस केही यस्ता अनुप्रयोगहरु (Applications) जुन तपाईँलाई नभइ नहुने हुन्छन्। मैले लिनक्स चलाउँदाका सुरुवाती दिनहरुमा, विन्डोजमा सहजै गर्न सकिने चिजहरुलाई थुप्रै मेहेनत गरेर मात्र लिनक्समा त्यही चिज गर्न सफल भएको थिएँ। त्यसैले यो लेख ती मित्रहरुलाई जस्लाई यस्तै समस्या परेकै कारण विन्डोजमै अल्झिरहनुपरेकोछ।
लिनक्स जडान गर्ने वित्तीकै तपाईँलाई थाहा हुन्छ कि तपाईँको सिस्टमले एम.पि.थ्री (MP3), भी.सि.डी (VCD) र डि.भी.डी (DVD) केही पनी खोल्न र चलाउन सक्तैन। साथै लिनक्समा अनौठा नाम भएका थुप्रै प्रोग्रामहरु पनी देखीन्छन जस्ले के काम गर्छ तपाईँलाई थाहा न हुन सक्छ। विन्डोजको जस्तो स्टार्ट बटन नहुँदा तपाईँलाई के कहाँ छ भनी पत्ता लगाउन पनि सहज हुँदैन जस्तो लाग्छ। लिनक्समा विन्डोज भन्दा अलग अनुप्रयोगहरुलाई तिनीहरुको कार्य अनुसार ग्राफिक्स (graphics), अफिस (office), गेम्स (games), एक्सेसरीज (accessories) इत्यादीमा छुट्याइएको हुन्छ। यसरी केहि अती नै प्रभावकारी सफ्टवेयरहरुको बारेमा तल केही लेख्ने जमर्को गरेको हुँ।
१. भि.एल.सि मिडिया प्लेयर (VLC Media Player or video lan client):भि.एल.सि मिडिया प्लेयर एउटा यस्तो मिडिया प्लेयर हो जस्ले तपाईँले सोचेको कुनै पनि मिडिया फाईललाई आरामले खोल्न सक्छ र तपाईँको संगीत प्रतीको आस्थालाई विन्डोजमा भन्दा रोचक र ज्वलन्त बनाई राख्छ। विन्डोजमा यस्को प्रतिद्वन्दिहरु पावर डि.भी.डी (Power DVD) वा निरो सो टाईम (Nero ShowTime) ईत्यादी हुन।
२. फायरफक्स (Firefox Internet Browser):दुनिया कै सबै भन्दा छिटो ब्राउजरमा (browser) तपाईँलाई
स्वागत छ। फायरफक्स धेरै छिटो ख्याती कमाउन सफल शक्तीसाली वेब ब्राउजर हो।फायरफक्स इन्टरनेट एक्सप्लोरर (internet explorer) भन्दा २ गुणा छिटो छ।
३. एफ स्पोट फोटो म्यानेजर (F-Spot Photo Manager):सरल र सजिलो हुनु नै एफ स्पोटको खासियत हो। एफ स्पोट बाट तपाईँ आफ्ना फोटोहरु गुगलमा (google) वा फ्लिकरमा (flickr) कहीँ पनी अपलोड गर्न सक्नुहुन्छ। यो पिकासा (picasa) जस्तै फोटो ब्यवश्थापन गर्ने उत्तम सफ्टवेयर हो।
४. मोजिल्ला थन्डरबर्ड (Mozilla Thunderbird):माइक्रोसफ्ट आउटलुक जस्तै (Microsoft Outlook) लिनक्समा तपाईँको परिचय हुन्छ मोजिल्ला थन्डरबर्डसंग। आउटलुकबाट हुने कुनै पनि काम थन्डरबर्डले गर्नसक्छ तर थन्डरबर्डले गर्ने सबै काम आउटलुकले गर्न सक्तैन।
५. पिदगीन (Pidgin):पिदगीन लिनक्सको लागी इन्सट्यान्ट म्यासेन्जर क्लाईन्ट (Instant Messanger Client) हो। यस्ले तपाईँलाई याहु (Yahoo), ए.आई.एम/आई.सि.क्यु (AIM/ICQ), एम.एस.एन (MSN), गुगल टक (google talk) ईत्यादी क्लाईन्टहरुमा एकै साथ लग ईन गराउन सक्छ। ईन्टरनेटमा उपलब्ध मिबो (meebo) जस्तै। तर यो मिबो भन्दा धेरैनै प्रभावकारी छ। विन्डोजमा यस्को कुनै बराबरको विकल्प छैन।
६. गुगल विड्जेट्स (Google Widgets):तपाईँको डेस्कटपमा बस्ने स-साना एप्लेटहरु (applets) हुन गुगल विड्जेट्स। यिनीहरु अति नै उपयोगी हुन्छन। तपाईँ घडी, मौसम, फोरेक्स इत्यादि विड्जेटहरु (widget) आफ्नो डेस्कटपमा (Desktop) राखेर आफ्नो संधैको काम सहज र रमाईलो बनाउन सक्नुहुन्छ।यिनीहरुलाई आई क्याण्डी (eye candy) भन्ने पनि चलन छ।
७. बन्सी (Banshee):बन्सी ध्वनी व्यवस्थापन तथा संपादन (Audio Management and Playback) गर्ने एप्लीकेसन हो। यस्ले तपाईँको हार्डिस्कमा, सि.डी. (CD) तथा आई-पोडमा (i-pod) रहेका गितहरुको व्यवस्थापन तथा लेखनमा मद्दत गर्दछ। गितको मजा बन्सीसंग लिनुभयो भने तपाईँलाई यस्को महत्व थाहा हुन्छ।
८. वाईन (wine):वाईन निर्माताहरुले वाईनलाई लिनक्सको लागी विन्डोजको कम्प्याटिबीलिटि लेयरको (Windows Compatibility layer for Linux) रुपमा विकाश गरेका हुन। अर्थात वाईन इन्सटल गरेपछि तपाईँ विन्डोजमा चल्ने थुप्रै कार्यक्रमहरु, खेलहरु तथा उपयोगी बस्तुहरुलाई आरामले लिनक्समा चलाउन सक्नुहुन्छ। वाईनमा माईक्रोसफ्ट अफिस (Microsoft Office), एडोब फोटोसप (Adobe Photoshop) र प्रशिद्ध खेल हाफ लाईफ (Half Life) सम्म चलाउन सक्नुहुन्छ। वाईन अझैपनी विकाशक्रममै भएकोले केही समस्याहरु त छँदै छ। तर हालसालै गुगलले वाईनलाई सहयोग गर्न थालेकाले वाईनको भविष्य उज्जवल नै छ भन्न सकिन्छ।
९. गुगल डेस्कटप (Google Desktop):तपाईँको कम्प्युटरलाई अरु बढि व्यवस्थीत गर्ने र निजीकरण (Personalize) गर्ने हेतुले निर्मित कार्यक्रम हो गुगल डेस्कटप।यो जडान गरेपछि तपाईँले खोजेका बस्तुहरु (कागजात, संगीत, भिडियो तथा कार्यक्रमहरु) द्रुत गतिमा भेट्न सक्नुहुन्छ। यो कार्यक्रम गुगल वेभ सर्चमा राम्रैसंग समायोजीतहुने हुनाले तपाईँले खोजेका बस्तुहरु तपाईँ अफलाईन पनि हेर्न सक्नुहुन्छ।
१०. गुगल अर्थ (Google Earth):सम्पुर्ण पृथ्वीको नक्शालाई आकाशबाट हेर्दा कस्तो देखिन्छ भनी गुगलको नयाँ सनसनी तपाईँको लिनक्समा समायोजीत गर्नुहोस र घर बसी बसी दुनिया भरीको यात्रा गर्नुहोस सित्तैमा।
११. स्काईप (skype):तपाईँको टाडा रहेको मित्र, परिवारजन वा आफ्न्तसंग कुरा गर्न स्काईप भन्दा राम्रो तरिका नहुन सक्छ। स्काईपमा आवाज धेरै साफ सुनिन्छ र कुरा गर्न पनि सहज हुन्छ।कम्प्युटरमा ईन्टरनेट चलाउनु अधी स्काईप जडान गर्न नबिर्षनुहोला।
१२. पिटिभी (PiTiVi):पिटिभी भिडीयो सम्पादन गर्ने अत्याधुनीक कार्यक्रम हो। यस्ले लिनक्सको जिईस्ट्रिम नामक शक्तिसाली प्लगईनलाई प्रयोग गर्दछ। यो विन्डोज मुभी मेकर (Movie Maker) जस्तै लिनक्स संस्करण हो। तर यस्ले मुभी मेकर भन्दा धेरै प्रभावशाली र विविध फाईलप्रकारहरु आरामले समायोजन गर्न सक्छ। पाईथन प्रयोगकर्ताहरुले यस्लाई विकाश गर्न सक्छन र यस्मा रहेको संभावनालाई असिमीत बनाउन सक्छन।
१३. यफफोरयल (f4l):के तपाईँ लिनक्स नचलाउनुको कारण लिनक्समा फ्ल्यास एडिटर (Flash Editor) नभएर भन्नुहुन्छ? त्यसो भए म्याक्रोमिडीया फ्ल्यास (Macromedia Flash) को लिनक्स संस्करण फ्ल्यास फर लिनक्स (Flash for Linux) अवश्य प्रयोग गरेर हेर्नुहोला।
१४. केथ्रीबी (K3b):केथ्रीबी लिनक्समा रहेको निरो बर्निङ्ग रोम (Nero Burning ROM) जस्तै सफ्टवेयर हो।यस्ले निरो सरह भि.सी.डी (CD), डी.भी.डी (DVD), संङ्गीत सि.डी (Music CD), डाटा सि.डी (Data CD) ईत्यादी बर्न (Burn) गर्ने तथा भएको डाटा सफा गर्ने (Erase) काम गर्छ।
१५. ईन्कस्पेश (Inkspace Vector Illustrator):यदि तपाईँले कोरल ड्र (Corel Draw) चलाउनु भएको छ भने ईन्कस्पेश पनी तपाईँलाई धेरै सहज लाग्छ। ईन्कस्पेश भेक्टर (vector) चित्र बनाउने एउटा उत्तम सफ्टवेयर हो। यस्ले निर्माण गरेको चित्रहरु तपाईँ विभीन्न रुपमा सहित पि.डी.यफ(PDF or Portable Document Format) र जेपीईजी (JPEG or Joint Photographic Experts Group) मा पनी बचत गर्न सक्नुहुन्छ।
१६. अड्यासिटी ध्वनी संपादक (Audacity Sound Editor):अड्यासिटी लिनक्स (Linux), म्याक ओयस (MacOS) र विन्डोज (Windows) को लागी निर्मित चाँडो र मल्टी ट्रयाक (Multi Track) ध्वनी संपादक हो। यस्मा सहज रेकर्डिङ्ग (Recording), डिजिटल प्रभाव (Digital Effect) र स्पेकट्रम एनालाईसिस (Spectrum Analysis) गर्ने क्षमता छ। र तपाईँ यस्मा असिमित अन्डु (undo) वा रिडु (redo) गर्न सक्नुहुन्छ।
१७. जिनोकी (Gnokii):के तपाईँसंग नोकिया (Nokia) फोन छ? अनि तपाईँको लिनक्सले त्यसलाई कत्तीको चिन्छ भन्ने समस्यामा हुनुहुन्छ? जिनोकी तपाईँको लागी सबै भन्दा उत्तम उपाय हो। जिनोकी जडान गरेपछि तपाईँ अधीकांश नोकिया फोनहरु संग लिनक्समा संवाद गर्न सक्नुहुन्छ।
हुन त लिनक्समा अनगिन्ती सफ्टवेयरहरु छन र सबै सफ्टवेयरको बारेमा लेख्न पनी गार्हो छ तर माथि उल्लेखीत सफ्टवेयरहरु मेरो विचारमा सर्वत्तम हुन। आ-आफ्नो आवश्यक्ता अनुरुप यि सफ्टवेयरहरुको महत्व हुने गर्छ। लिनक्स अझै पनि धेरै जसो वेब सर्भरकै (web server) लागी प्रयोग हुन्छ। त्यस्को लागी बनेका अपाचे (apache), माई यस.क्यु.यल (MySQL) र पि.यच.पी (PHP) धेरैको पहिलो रोजाई हुनसक्छ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment