Introducing Linux

के हो लिनक्स ? What is Linux?

लिनक्स (Linux) एउटा कम्प्युटर नियन्त्रक प्रणाली (Operating System) हो। माईक्रोसफ्ट विन्डोज (Microsoft Windows(r)) जस्तै यो पनि यहाँहरुको कम्प्युटरमा जडान गर्न सकिन्छ। तर लिनक्सको विन्डोज भन्दा भिन्नै प्रकृती, उदेश्य, महत्व र बनावट भएको हुन्छ। लिनक्स पुर्णतया फ्रि (संसारका सर्वत्तम चिजहरु सित्तै हुन्छन - Best things in the world are free) नियन्त्रक प्रणाली हो। साथै यस्का लागी बनेका हजारौँ अनुप्रयोगहरु (Applications) पनि पुर्ण तथा आन्सिक रुपमा सित्तैमा जडान गर्न सकिन्छ। यस्को अर्को खासियत भनेको यस्को सम्पुर्ण वा धेरै हद सम्म उद्गम भाषा (Source Code) पनि तपाईँ पाउन सक्नु हुन्छ।

किन लिनक्स? Why Linux?
लिनक्स फ्रि भएकै कारण यो चर्चामा रहेको भन्न मिल्दैन। लिनक्सलाई विशेषतः अति नै सुरक्षित मानिन्छ। र संसारमा बनेका कम्प्युटर भाईरस हरु मध्ये १ प्रतिशत भन्दा कम लिनक्समा सक्रिय हुन सक्छन्। लिनक्स प्रयोगकर्ताहरुको नियन्त्रक प्रणाली हो तसर्थ लाखौँ प्रयोगकर्ताहरु दिनौँ यस्को विकाशमा तत्पर भएर लागी रहेका छन। तपाईले आफ्नो कम्प्युटरमा लिनक्स जडान गरेपछि तपाईँ लिनक्सकै कुनै समुह संग आबद्ध हुन सक्नुहुन्छ र आफ्नो कुनै पनि समस्यालाई झट्टै समाधान पनि गर्न सक्नुहुन्छ। यस्मा विस्तृत जानकारीको लागी मेरो "किन लिनक्स" नामक अर्को ब्लग पढ्नुहोला।
लिनक्समा उपलब्ध अनुप्रयोगहरुको विविधता (Diversity) र उपयोगीता (Usability) पनि लिनक्स रोज्नुको कारण हो। लिनक्समा जडान हुने प्रायः अनुप्रयोगहरु सित्तैमा उपलब्ध हुन्छन। यिनीहरु विन्डोजमा उपलब्ध अधीकांश अनुप्रयोगहरुभन्दा चाँडै खुल्ने र प्रयोगकर्ता अनुकुल हुन्छन। लिनक्समा रहेका अनुप्रयोगहरुको अर्को प्रमुख खासियत भनेको यिनीहरुको स्थानियकरण हो। धेरै जसो अनुप्रयोगहरुलाई स्थानिय भाषामा उल्था गरीएको छ। नेपालमा पनि थुप्रै संग संस्था तथा स्वतन्त्र व्यत्तीहरु यसरी गरिने उल्था कार्यक्रमहरुमा संलग्न छन। तपाईँ पनि यदी नेपाली भाषामा राम्रो दखल राख्नुहुन्छ भने यस्तै कार्यक्रमहरुमा सजिलै सहभागी हुन सक्नुहुन्छ।

लिनक्स कति प्रकारको हुन्छ? How many types of Linux are there?
लिनक्सलाई कम्प्युटरमा जडान गर्नुको मतलब हुन्छ, लिनक्सको कुनै वितरण प्रणाली कम्प्युटरमा जडान गर्नु। लिनक्सलाई कुनै वितरण प्रणालीमा आवद्ध भएपछि मात्र पाउन सकिन्छ। एउटा वितरण प्रणाली भनेको विशेष प्रयोजनका लागी लिनक्सको मुख्य अंश (Kernel) लाई विभीन्न अनुप्रयोग सहित निर्माण गरिएको भन्डारण हो।

लिनक्स वितरण प्रणाली प्राय गरि ३ प्रकारको हुन्छ। डिबियन (Debian), रेड ह्याट (Red Hat) र स्ल्याक वेयर (Slackware)। जस मध्ये रेड ह्याट लिनक्सबाट रेड ह्याट, टर्बो लिनक्स (Turbo Linux), लेजर५ लिनक्स (LASER5 Linux), कोन्डारा यम यन यु लिनक्स (Kondara MNU/Linux) आदि नाम गरेका लिनक्सहरु छन भने स्ल्याक वेयर लिनक्सबाट स्ल्याक वेयर र प्लाज्मो लिनक्स (Plasmo Linux) हरु छन। डिबियनबाट मुख्यतः डिबियन जियनयु/लिनक्स (Debian GNU/Linux) नै बनेको छ। नेपालीनक्स (Neplinux) पनि डिबियन बाटै बनेको हो।

युबुन्तु नै रोज्नुको कारण - Reasons for choosing Ubuntu
युबुन्तुको उदेश्यनै सरलहुनु हो। युबुन्तु जडान गर्न र चलाउन अरु कुनैपनि लिनक्सको तुलनामा सरल छ। युबुन्तुको मुख्य शक्तीको रुपमा यस्को लाखौँ प्रयोगकर्ताहरुको समुह पनि हो। युबुन्तुका फोरमहरुमा (Ubuntu Forum) गएर तपाईँ आँफ्ना जिज्ञासाहरु उत्तर र सम्स्याहरुको हल सहजै पाउन सक्नुहुन्छ। युबुन्तु नेपाल पनि धेरै बिकसीत समुहको रुपमा अगाडी आईसकेको छ। तपाईँले युबुन्तु नेपालको ईन्टरनेट रिले च्याट (Internet Relay Chat or IRC) मा गएर युबुन्तुका विभीन्न विषयहरुमा जानकारी हासिल गर्न सक्नुहुन्छ।

तसर्थ लिनक्स जडान गर्नुहोस र कुनै नियन्त्रक प्रणालीको दास नभई आफ्नो कम्प्युटरको मालिक आँफै हुनुहोस।

0 comments:

Copyright © 2008 - nepabuntu - is proudly powered by Blogger
Smashing Magazine - Design Disease - Blog and Web - Dilectio Blogger Template