Why Linux?

किन लिनक्स ? Why Linux?

म स्वयं लिनक्सको फ्यान भएकै कारण किन लिनक्स भन्ने प्रश्नको जवाफ मैले धेरै चोटी दिईरहनुपर्छ। त्यसैले बुँदागत रुपमा तल मैले यस्को कारणहरु उल्लेख गरेको छु।

१. मुल्य (Price): लिनक्स पुर्णतया फ्रि हो र यस्मा अगाडि नै थुप्रै प्रोग्रामहरु जडान भइसकेको हुन्छ। माईक्रोसफ्टमा त्यस्तो हुँदैन। तपाईँले थुप्रै पैषा माईक्रोसफ्टलाई टक्र्यापछिमात्र उस्ले तपाईँलाई भिष्टा उपलब्ध गराउँछ। अफिस २००७ को लागी फेरी थप पैशा टक्र्याउन तयार हुनुहोस।

२. रिसोर्स (Resources): सबै भन्दा रोचक र मन्त्रमुग्द पार्ने लिनक्स वितरण (Linux distro) पनि विन्डोज यक्स पि (Windows XP) भन्दा कमै रिसोर्स उपयोग गर्दछ। भिस्टाको (Windows Vista) कुरै छाडौँ। भिस्टाले हेर्न हुने गरी चल्नको लागी २ जि बी र‌्याम (2 GB RAM) र कम्तीमा १५ जि बी हार्ड डिस्क स्पेस माग्छ।

३. कार्यक्षमता (Performance): विन्डोज यक्स पी र लिनक्सको सबै भन्दा उत्तेजक वितरण बिच तुलना गर्दापनी विन्डोज भन्दा लिनक्स केही छिटो नै चल्दछ। भिस्टा त लिनक्सको अगाडी मृत रफ्तारमा चले जसो हुन्छ।

४. ब्लोटवेयर रहित (No bloatware): लिनक्स पुर्णतया एडवेयर (adware), ट्रायलवेयर (trialware), सोभेलवेयर (shovelware), र व्लोटवेयर रहित हुन्छ। लिनक्स चलाउनु भनेको पुर्णतया सामुदायीक टेलिभिजन हेर्नु जस्तै हुन्छ।

५. सुरक्षा (Security): प्रतेक बर्ष विन्डोजमा (windows) ५०,००० को हाराहारीमा नयाँ भाईरस सिग्नेचरहरु (new virus signature) भेटिन्छन, जबकी लिनक्सको लागी मात्र ३० देखी ४० वटा भेटिन्छन। लिनक्सका धेरै वितरणहरु त एन्टीभाईरस (antivirus or AV) र फायरवाल (firewall) जडित भएर आउँछ, नभएपनि लिनक्सका एन्टीभाईरसहरु सित्तै उपलब्ध हुन्छन।

६. डुवेल बुट (Dual boot): लिनक्समा डुवेल बुट अथवा दुई वा सो भन्दा बडी संचालन प्रणाली (operating system) चलाउँनु सामान्य कुरा नै हुनजान्छ। आफ्नो कम्प्युटरमा लिनक्स र विन्डोज दुवै सहज चलाउनु पर्ने भए लिनक्सको कुनै वितरण लिएर घर जानुहोस।

७. जडान (installation): तपाईँले विन्डोज जडान गर्ने क्रममा थाहा पाईसक्नु भयो होला, विन्डोजमा तपाईँको रुचीको अनुप्रयोगहरु (applications) र सबै ड्राईभरहरु (hardware drivers) राम्रो सँग काम गर्ने गरी जडान गर्न कती समय लाग्छ भनेर। तपाईँलाई यस्को लागी केहि दिन पनि लाग्न सक्छ। तर लिनक्समा यो मात्र केही क्लिकहरु (clicks) को खेल हो। र केही समय पछि तपाईँलाई चाहिने सम्पुर्ण अनुप्रयोग सहितको संचालन प्रणाली तपाईँको अगाडि तयार हुन्छ।

८. संचालन प्रणाली पुनः जडान गर्नुपरेमा (Reinstalling the OS): के तपाईँ विन्डोजको नयाँ संस्करणलाई डाउनलोड गरेर चलाउन सक्नुहुन्छ। सोच्नुहोस तपाईँको कम्प्युटरमा विन्डोज ९८ (windows 98) जडित छ, के कुनै उपाय लगाएर तपाईँ त्यस्लाई भिस्टा बनाउन सक्नुहुन्छ? अहँ ! तर लिनक्समा यो मात्र डाउन्लोको कुरा हो। बिना कुनै झन्झट तपाईँको कम्प्युटर पुर्णतया नयाँ भइहाल्छ।

९. सफ्ट्वेयरहरु लाई लयबद्ध गर्दा (keeping track of software): विन्डोजमा तपाईँसंग भएका सफ्ट्वेयरहरुलाई लयबद्ध गर्नको लागी धेरै मसक्कत गर्नुपर्ने हुन्छ। प्रत्येक सफ्टवेयरहरुको सिडी बनाउनुपर्यो र उनीहरुको पासवर्ड याद राख्नुपर्यो। हरेक सफ्टवेयरले जब कुनै नयाँ भर्सन (new version) रिलीज गर्छ त्यस्को पनि पासवर्ड राम्रो संग राख्नुपर्यो। तर लिनक्स प्रयोगकर्ताहरुको लागी त्यो सब कुरा हुँदैन।

१०. सफ्टवेयरहरुलाई अपडेट गर्नुपर्दा (update software): लिनक्सले सम्पुर्ण सफ्टवेयरहरुलाई आँफै अपडेट गर्छ। तर विन्डोजले आफ्नो मात्र अपडेट गरिरहेको हुन्छ। तसर्थ जब तपाईँलाई सबै सफ्टवेयर अपडेट गर्नुपर्यो भने तपाईँ आँफै सोच्नुस तपाईँलाई कति दिन सम्म लाग्न सक्छ।

११. डिफ्र्यागमेन्ट नै गर्नुपर्दैन (nothing to defragment in linux): लिनक्समा प्रयोग हुने फाईल सिस्टमहरु (linux filesystems) लाई डिफ्र्यागमेन्ट नै गर्नुपर्दैन। तर विन्डोजको नयाँ धमाका भिस्टामा पनि सुनियोजीत डिफ्र्यागमेन्ट हुने व्यवस्था छ। उफ! कहिले विन्डोज चलाख हुन्छ?

अरु पनि थुप्रै कारण हरु छन जस्ले गर्दा विन्डोज भन्दा लिनक्स धेरै अगाडि छ। विन्डोज भिष्टामा मात्र देखा परेका अनौठा अनुप्रयोगहरु लिनक्स मा २ बर्ष अधी देखी नै सामान्य कुरा भइसकेको थियो। तसर्थ लिनक्स प्रयोगकर्ताले विन्डोज चलाउनु भनेको समयमा पछाडी हिड्नु जस्तै हो।

0 comments:

Copyright © 2008 - nepabuntu - is proudly powered by Blogger
Smashing Magazine - Design Disease - Blog and Web - Dilectio Blogger Template